बिही ११ भदौ २०८३ / Thursday, August 27, 2026
E-Paper·Newsletter
LALIGURANS NEWS
Subscribe
  • Home
  • भर्खरैको खबर
  • राजनीति
  • अर्थ / वाणिज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • साहित्य
  • लालीगुराँस विशेष
  • फिचर
  • विश्व

Newsletter

Subscribe to Laligurans Daily

Get our top stories and breaking analysis delivered directly to your inbox.

We never sell your email. Unsubscribe anytime via the link in every email.

LALIGURANS NEWS
About Us

हाम्रो बारेमा: यो वेबसाइट वसन्तपुर मिडिया हब प्रा. लि. को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टल सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिने डिजिटल सञ्चारमाध्यम हो। देश विदेशका समसामयिक घटनाक्रमसँगै राजनीति, समाज, अर्थतन्त्र, पर्यटन, संस्कृति, शिक्षा, खेलकुद तथा जनसरोकारका विषयलाई सरल र विश्वसनीय ढंगले प्रस्तुत गर्छ। स्थानीय आवाज र महत्वपूर्ण विषयलाई विश्व भरका दर्शकमाझ पुर्‍याउनु हाम्रो उद्देश्य हो। "Inspired by The Himalays, Driven by Truth"

“Inspired by The Himalayas, Driven by Truth”

Phone: ९८४४४१८७४९ । ९८२५३०६७८८
Email: info.laliguransmedia@gmail.com
Company:

वसन्तपुर मिडिया हब प्रा लि | कम्पनि दर्ता नं : ३९८४५६/८३/८४

Quick Links

  • विज्ञापन

Categories

  • भर्खरैको खबर
  • राजनीति
  • अर्थ / वाणिज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • साहित्य

© 2026 LALIGURANS NEWS. All rights reserved.

बोलेरो दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु | Laligurans News
Homeभर्खरैको खबरबोलेरो दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु
भर्खरैको खबर

बोलेरो दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु

तेह्रथुम। म्याङलुङ नगरपालिका–९ जिरिखिम्तीस्थित बगाले होटल अगाडि केहि दिन अगाडी भएको बोलेरो पिकअप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। इटहरीबाट तेह्रथुमतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ५६०४ नम्बरको बोलेरो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा फेदाप गाउँपालिका–३ जलजलेका ४० वर्षीय टेकबहादुर कट्टेल गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा कट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। कट्टेल रिलायबल हाइड्रोपावरमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए। दुर्घटनामा सामान्य घाइते भएका चालक पाँचथर मिक्लाजुङ–८ का ४३ वर्षीय राजेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको शव परीक्षणको तयारी भइरहेको प्रहरीले जनाएको छ।

L
Laligurans NewsSenior Reporter
Thursday, August 27, 2026·3 min read
Font
0shares
बोलेरो दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु
बोलेरो दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु · Photo: Laligurans News
Share this story:
0shares
Tags:tehrathum, laligurans news, accident caseBrowse all tags
L
Author•Senior Reporter

Laligurans News

All articles

Related Stories

View All
भोटेकोशीको बाढीपछि नारायणीमा ६५ शव फेलाभर्खरैको खबर

भोटेकोशीको बाढीपछि नारायणीमा ६५ शव फेला

Laligurans News·Aug 27, 2026·1 min read
विभिन्न जिल्लाबाट वसन्तपुर आइपुग्दै लाखे टोली, दैनिकजसो प्रदर्शनभर्खरैको खबर

विभिन्न जिल्लाबाट वसन्तपुर आइपुग्दै लाखे टोली, दैनिकजसो प्रदर्शन

तेह्रथुम | तेह्रथुमको पर्यटकीय बजार वसन्तपुरमा पछिल्लो समय दैनिकजसो लाखे नाचको रौनक देखिन थालेको छ। नेपालका विभिन्न समुदायमा प्रचलित मौलिक सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिने लाखे नाचका टोलीहरू विभिन्न स्थानबाट वसन्तपुर पुगेर प्रदर्शन गरिरहेका छन्। संखुवासभा, धनकुटालगायत विभिन्न ठाउँबाट आएका लाखे नाचका टोलीले बजार क्षेत्रमा नाच प्रस्तुत गरिरहेका छन्। पछिल्ला दिनमा वसन्तपुरमा दैनिकजसो २ देखि ५ समूहसम्मका लाखे टोलीले प्रदर्शन गर्ने गरेका छन्। लाखेको आकर्षक मुकुन्डो, परम्परागत पोसाक, बाजागाजा र नाच हेर्न बजारमा स्थानीय तथा बाह्य आगन्तुकको समेत भीड लाग्ने गरेको छ। लाखे नाच विशेषगरी नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक परम्परा भए पनि पछिल्लो समय यो संस्कृति विभिन्न ठाउँमा फैलिँदै गएको छ। विशेषगरी गाईजात्रा, कृष्ण जन्माष्टमी तथा अन्य जात्रा र सांस्कृतिक अवसरमा लाखे नाच प्रदर्शन गर्ने परम्परा छ। लाखेको भेषमा नाच्ने कलाकारले बाजागाजाको तालमा प्रस्तुत गर्ने नृत्यले दर्शकलाई आकर्षित गर्ने गर्दछ। परम्परागत मान्यताअनुसार लाखेलाई समुदाय र बस्तीको रक्षासँग जोडेर पनि हेर्ने गरिन्छ। समयसँगै लाखे नाच मनोरञ्जनसँगै मौलिक कला, संस्कृति र पहिचान संरक्षण गर्ने माध्यमका रूपमा समेत स्थापित हुँदै गएको छ। वसन्तपुरमा विभिन्न जिल्लाबाट लाखे टोली आउन थालेपछि बजारको सांस्कृतिक माहोल थप जीवन्त बनेको छ। दैनिकजसो हुने प्रदर्शनले स्थानीयलाई आफ्नै संस्कृति नजिकबाट अनुभव गर्ने अवसर दिएको छ भने बाह्य आगन्तुकका लागि समेत नयाँ आकर्षण थपिएको छ। वसन्तपुरमा देखिन थालेको यो लाखे नाच केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई विभिन्न ठाउँमा जीवित रहेको मौलिक संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई एउटै ठाउँमा जोड्ने माध्यमसमेत बनेको छ।

Laligurans News·Aug 25, 2026·3 min read

Comments (0)

Please keep comments respectful. Comments appear after editorial review.

No comments yet. Be the first.

TRENDING STORIES

Updated
  1. No trending stories yet
Advertisement

Advertise with Laligurans

Reach engaged readers across Nepal and globally.

Contact Us