चितवन । भोटेकोशी नदीमा आएको बाढीको बहाव नारायणी नदीमा मिसिएसँगै चितवन क्षेत्रमा नदीमा बग्दै आएका ६५ वटा शव फेला परेका छन्।

चितवन प्रशासनका अनुसार बिहीबार बिहानसम्म विभिन्न स्थानबाट शव फेला परेका हुन्।जिल्ला प्रशासन कार्यालय चितवनले खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिँदै शव फेला परेका बीभत्स तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न आग्रह गरेको छ ।

प्रशासनले विपद्को संवेदनशील अवस्थालाई ध्यान दिँदै पीडित तथा मृतकको सम्मान र परिवारको भावनालाई ख्याल गर्न समेत आग्रह गरेको छ।