टी–२० शृङ्खला : नेपाल युएइसँग २१ रनले पराजित

टी–२० शृङ्खला : नेपाल युएइसँग २१ रनले पराजित

टी–२० शृङ्खला : नेपाल युएइसँग २१ रनले पराजित

टी–२० शृङ्खला अन्तरगतको पहिलो खेलमा युनाइटेड अरब एमिरेट्स (युएई) सँग नेपाल २१ पराजित भएको छ । युएइले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन समेटियो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे । नेपालको लागि सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाए । अन्य खेलाडीले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओपनर प्रदिप ऐरी शून्य रनमा आउट भए ।  युएई २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो ।

युएईका लागि सइमान अनवरले सर्वाधिक ५९ रन बनाए भने मोहमद उसमानले ३० रन बनाए । अनवरले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा ५ चौका र दुई छक्का हिर्काए । त्यस्तै, ओपनर चन्डाङ्गापोयिल रिजवानले २२ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने । सोमपाल कामी र अविनास बोहराले १–१ विकेट लिए । तीनवटा एक दिवसीय र तीनवटा टि–२० शृङ्खलाका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।

नेपालले टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ ।

source: ratopati

Please follow and like us:

guranslalinews

Related Posts

leave a comment

Create Account



Log In Your Account